आज सुनको मूल्यमा गिरावट, कतिले हुँदैछ कारोबार ? – The kathmandu news

आज सुनको मूल्यमा गिरावट, कतिले हुँदैछ कारोबार ?

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ ।

पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

99Papers Discount code free essay help online Top 20 Discount Coupons Writingbunch.co.uk Promo Codes 2023 attach your cv Eduzaurus Discount Promo Codes Up to 40% free writing paper online