बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ

0 Shares

काठमाडौँ: ललिता निवास प्रकरणमा मुछिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदीलाई पक्राउ गरेको हो ।

माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीयामा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।

उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिए ।

यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

 

सम्बन्धित समाचार

सबै