रञ्जु दर्शनाद्वारा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा

0 Shares

काठमाडौँ: विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

नेतृ रञ्जुले आज (बिहीबार) वक्तव्य जारी गर्दै आफूले पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट स्वतन्त्र भएको जानकारी गराएकी हुन् ।

उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

सम्बन्धित समाचार

सबै