साझा पार्टीका अध्यक्ष मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश रे ! ? – The kathmandu news

साझा पार्टीका अध्यक्ष मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश रे ! ?

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गरेका छन् ।

मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराएका छन् भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटरमार्फत यस्तो प्रश्न गरेका हुन् ।

‘विचारभन्दा माथि देश रे १ देश आफैंमा विचारबाट जन्मेको हो’, राउतको भनाइ छ, ‘पहिला विचार आएको हो, अनि मात्रै देश।

अनि विचारभन्दा माथि देश कसरी हुन्छ रु’ उनले अगाडि थपेका छन्, ‘देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र रु कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’

कुनै बेला पृथकतावादी आन्दोलन गर्ने राउत अहिले मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् ।