कांग्रेस महाधिवेशनः नवनिर्वाचित सबैलाई पदभार ग्रहण तथा प्रमाणपत्र वितरण – The kathmandu news

कांग्रेस महाधिवेशनः नवनिर्वाचित सबैलाई पदभार ग्रहण तथा प्रमाणपत्र वितरण

काठमाडौँ: नेपाली कांग्रेसको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार गर्ने भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन् ।विधान अनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् ।

निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइभन्दा बढी पदमा जित हासिल गरेको छ ।पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्री महाधिवेशनबाट निर्वाचनबाट आएका छन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् ।

time 4 writing discount code PapersMaster.com coupon code 2023 help with my online class Writingsguru.com Coupon Code ProEssayWriting Coupon Code writing-help i need to be mase is it illegal to pay someone to do your homework Essaywriting.expert Discount Discount Code