किन एमाले हरेक दिन कमजोर बन्दै छ? नेता खनालले गरे यस्तो खुलासा! – The kathmandu news

किन एमाले हरेक दिन कमजोर बन्दै छ? नेता खनालले गरे यस्तो खुलासा!

काठमाण्डौ: नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताएका छन् ।

बिहीवार काठमाण्डौमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताएका हुन् । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि यो पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।

नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गरे । उनले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा (एकीकृत समाजवादी) को रहेको जिकिर गरे । उनले भने, ‘अहिले नेकपा एमाले पनि सग्लो रहेन । अहिले विभिन्न ठाउँहरूमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन् । थामिनेवाला छैन । यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरे पनि त्यो अगाडि बढ्न सक्दैन ।’

नेता खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गरे । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

EssaysHeaven.com Promo Codes Buy Your Promo Code On NerdyWriters.co.uk how to write an about me essay Prodissertation.co.uk Coupon Code person writing on paper Buy Your Promo Code On TrustMyPaper.com Essay4students.com Discount coursework help service AcademicWritingPro Discount Promo Codes Up to 40% SuperbPaper Promo Code, Coupons, Discount Codes and Review AssignmentHelp.ae discounts SameDayEssay Promo Code, Coupons, Discount Codes and Review Promo Codes Getessay.net Discount Code writemypaper4me org discount code