मेरो जन्म मितिका सम्बन्धमा कुनै भ्रम रहनु पर्ने कारण छैनः न्यायाधीश खड्का

0 Shares

काठमाडौँ: सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् ।

न्यायाधीश खड्काले आज  विज्ञप्ती जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४ साल जेठ २ गते नै भएको बताएकी छन् ।

यसअघि खड्काको जन्ममति दुई वटा भएको भनेर समाचार आएका थिए । उनले भने आफूले अहिलेसम्म जन्म मिति नसच्याएको र सच्याउनुपर्ने कुनै कारण नै नभएको पनि स्पष्ट पारेकी छिन् ।

तर, खड्काले आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भएपनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरु कागजातमा जम्ममिति २०१४-२-२ नै कायम रहेको उल्लेख गरेकी छिन् ।

सम्बन्धित समाचार

सबै