काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै – The kathmandu news

काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएको छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ।

कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।

resumeedge promo code BrillAssignment.co.uk site discount cheap writing 38997 Coupon Code EssayShark Promo code Buyessayfriend.com Discount Code geekandsundry discount code Collegehelp.club Promo code 2023 Pro-Homework-Help.com Promo GreatAssignmentHelp.com discounts