0
Shares

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको हालत आउने चुनावले देखाउने भन्दै अहिले धाक धम्की दिएर नहिँड्न केपी ओलीलाई चेतावनी दिएका छन् ।
नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आगो हो र आगोसँग खेल्दा ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइएको बताए । उनले ६ वटै प्रदेशबाट मुख्यमन्त्री चैट बनाइएको दाबी गरे ।
प्रचण्डले भने, ‘अहिले धाक धम्की दिएर हिँडेका छन् । त्यो धाक धम्कीको अर्थ छैन । आउने निर्वाचनमा तिनीहरुको हैसियत देखिन्छ । कसको हालत के हुन्छ भन्ने कुरा देखिनेछ र देखिइसकेको छ ।’