माओवादी महाधिवेशनको बन्दसत्र सुरु – The kathmandu news

माओवादी महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं: नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै सुरु भएको माओवादी केन्द्रले जनाएको हो।

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

बन्दसत्रमा कूल १ हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । राष्ट्रिय सम्मेलनको तयारी पूरा गरिसकेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिले निर्णय गरेको थियो। त्यसलाई आइतबार बिहान केन्द्रीय समितिको बैठकले औपचारिकता दिएको थियो।

यस्तै माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने समेत निर्णय गरेको थियो।

 

EssayHelp-Now.com Promo Writeforce.com Discount Coupon