माधव नेपालले नेतृत्व गरेको एकीकृतवादी पार्टीसँग सहकार्य बढाउँछौंः प्रचण्ड – The kathmandu news

माधव नेपालले नेतृत्व गरेको एकीकृतवादी पार्टीसँग सहकार्य बढाउँछौंः प्रचण्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन्। दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले साना वामपन्थी दलहरूसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए।

अहिले तत्काल ठूला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए। ‘तत्काल कुनै पनि ठूला कम्युनिस्ट पार्टीसँग एकताको सम्भावना छैन,’ उनले भने, ‘तर साना केही दलहरूसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दै छौँ ।’

एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै नेपालले आन्दोलन सफल पार्न साना कम्युनिस्ट घटकहरूसँग एकता गर्न लागेको बताए। ‘स–सना कम्युनिस्ट पार्टीहरू हामीसँग एकीकृत हुन चाहिरहेका छन्,’ उनले भने, ‘हामीले पनि देशका विभिन्न ठाउँमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छौँ।’

नेपालले पाँचदलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहने पनि बताए। ‘हामी पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’

माओवादी र हाम्रो मन ठ्याक्कै मिल्यो, अब एकता घोषणा हुन्छ अरू मिल्दै जान्छन्ः माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू र माओवादी केन्द्रको मन ‘ठ्याक्कै’ मिलेको बताएका छन् । माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै नेपालले आफूले माओवादीले सम्मेलन नभएर महाधिवेशन गरोस् भन्ने चाहेको उल्लेख गर्दै उक्त विषयमा मन मिलेको बताएका हुन् ।

‘प्रत्येक ५-५ वर्षमा गर्नुपर्ने महाधिवेशन विभिन्न कारणले गर्दा हुन नसक्दा पनि किन त्यहाँ सोचिरहनुभएको छैन भन्ने ठानीरहेको बेलामा ठ्याक्कै तपाईं र हाम्रो मन मिलिहाल्यो,’ नेपालले भने । मन र विचार मिलेपछि अरू कुरा मिल्दै जाने नेपालले बताए ।नेपालमा प्रचण्ड जस्तो नेता अरु छैनन, उहाँ निकै सोझो र ईमानदार हुनुहुँदो रहेछ स्

माधव नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नारा वामपन्थ नभइ रामपन्थ भएको बताएका छन् । उनले सोमबार भएको एक कार्यक्रममा यस्तो बताएका हुन् ।“केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो,” उनले भने, “उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् ।

गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ । परपीडक नम्बर एक केपी ओली भनिदिए हुन्छ । अरुलाई दुःखमात्रै दिने काम उनीबाट हुन्छ ।”केपी ओलीलाई चिन्न नसक्ने प्रचण्ड सोझो हुनुहुँदो रहेछ

माधवकुमार नेपालले केपी ओलीलाई चिन्नै नसक्ने पुष्पकमल दाहाल सोझो भएको बताएका छन् ।समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“प्रचण्ड सोझो हुनुुहुँदो रहेछ,” उनले भने, “केपी ओलीलाई चिन्नै सक्नुभएन । म त हत्तु भएर बसेको मान्छे ।अब मेरो पालो भन्नुपर्छ नि, आलोपालो भनेपछि त मेरो पालो हो भन्नुपर्छ नि । उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।”

उनले केपी ओलीले त्यो व्यवहार २०७२ सालमा पनि देखाएको बताए । केपी ओली प्रधानमन्त्री पद छाड्नुपरेमा कुर्सी भाँच्ने धुन्धुकारी व्यक्ति भएको बताए । “यस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो,” उनले भने ।

आश्वासनमा होईन काम र परिणाममा विश्वास गर्छौ- रामकुमारी झाँक्रि ; विसं २०२० साल देखि पुर्नबास कम्पनी, राष्ट्रिय वस्ती विकास कम्पनी हुदै आएको राष्ट्रिय आवास कम्पनी लिमिटेड, नेपाल सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको सरकारी कम्पनी हो। यो कम्पनी बन्नु भन्दा पहिले विसं २०१३ साल देखि रापती दून कार्यक्रम अन्तर्गत बसोबास गरेका हकवाल नागरीकलाई जग्गा धनि पूर्जा दिनु पर्ने थियो।

लामो समय देखि सिर्जित सरकारी दायित्वबाट कम्पनीले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने छ । केही राजनितीक मुद्दा, केही सामाजिक मुद्दा, केही स्थानीय समस्या र कतिपय ब्यवस्थापकिय कामको झमेलाको कारण यो कार्य आजसम्म सम्पन्न हुन सकेको थिएन।

नवलपरासी स्थित वर्दघाट साविक दाउन्ने गाविसमा पनि लामो समय देखि अब्यवस्थित रूपमा बसोबास गरी बस्नु भएका करीव छ सय परिवारलाई जग्गा सर्जमिन, नापजाँच र छानविन कार्य सम्पन्न गरीएको छ।प्रचलित कÞानून बमोजिम मालपोतले निर्धारण गरेको राजश्व दाखिला गरी सूचना बमोजिम जग्गा धनी पूर्जा वितरणको काम आज मिति २०७८ पौष १० गतेबाट सुरूवात भएको छ।

प्रचलित कानून र कार्यविधिको आधारमा जाग्गा प्राप्तिको लागि दावी गर्न सम्बन्धित सबैमा आह्वान गर्दछु। नेपाल सरकार आफ्नो दायित्व प्रति जिम्मेवार छ। यो जिम्मेवारी पुरा गर्ने प्रक्रियामा हामी छौ। एकातिर जग्गा जमिनको सम्बन्ध एक प्रकारले झगडा, विवाद र प्रतिसोधको मामिला हुने गर्छ हाम्रो समाजमा। अर्को तर्फ “जग्गा वितरण“ बिकाउ राजनितीक मूद्धा हो हाम्रो सन्दर्भमा।

त्यसैले साच्चै जनतालाई जग्गा धनी पूर्जा दिएर जग्गाको मालिक बनाउन नचाहेको जस्तो पनि देखिन्छ। त्यसैले काम सम्पन्न गर्ने गरी यस्ता मुद्दाहरू सरकारको प्राथमिकतामा कमै मात्र पर्छन।देशैभरी पुर्नवासबाट सिर्जना भएको दायित्वमा करीव १२ हजार ६ सय साठ्ठी परिवार छन। यि परिवारलाई जग्गाको धनी बनाउने जिम्मेवारी र कर्तब्य हाम्रो हो। हामी कुरा र आश्वासनमा होईन काम र परिणाममा विश्वास गर्छौ ।

तसर्थ सरकार यो कार्य जति छिटो सक्यो टुंगाउन चाहान्छ । म मेरो कार्यकालमा यो सबै काम सम्पन्न गर्न चाहान्छु । यो विषयसंग सम्बन्धित सबैलाई साथ सहयोग लागि अनुरोध गर्दछु। -न्युजपर्दाबाट

EssayDepot Discount Promo Codes Up to 40% Resume101 Promo code cheap research paper writing service