0
Shares
काठमाडौं: सिराहामा दुई दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन थालेपछि सिरहा प्रशासनले राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन शुरु गरेका कारण आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा९चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबाया लागूहुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले सूचना जारी गर्दै जानकारी गराएको छ ।
प्रशासनका अनुसार निषेधित क्षेत्रमा समूहमा हिँडडुल गर्न नपाइने र पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । यस्तै कुनै किसिमका भेला, सभा तथा जुलुस गर्न नपाइने प्रशासनले जनाएको छ ।