प्रचण्डको प्रतिवेदनमाथि बाबुरामको टिप्पणीः असली बाजेको पेडा बेच्ने होडबाजी ! – The kathmandu news

प्रचण्डको प्रतिवेदनमाथि बाबुरामको टिप्पणीः असली बाजेको पेडा बेच्ने होडबाजी !

काठमाडौं : पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवाद भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले भनेका छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो । फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो, अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए ! शुभकामना!’

उनले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख गरेका छन् ।

उनले भने, ‘क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ। जिम्मेवार नेताले जनतालाई बाटो देखाउने हो, भ्रम छर्ने हैन ।’ प्रचण्डले महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजकालागि हानिकारक हुन्छ। क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ। जिम्मेवार नेताले जनतालाई बाटो देखाउने होस भ्रम छर्ने हैन!

Buy Your Promocode Here BritishCourseworkHelp.co.uk coupon code 2023 Eliteediting.com.au Discount Code 3 discounts I asked you to write a research paper about the situation in the USA. I know the news and what's going on Promo Codes NonPlagiarismGenerator.com coupon code EssayThinker.com Discount Discount Coupon AllAssignmentHelp Review 2023: A Reliable Writing Company help writing my cv WritersPerHour Discount Promo Codes Up to 40% A-Writer.com promo code can you do my math homework Paperwritings.com Coupon Code do my essay for me free accounting homework help free Buy discount EssayWritersWorld.com site discount Allassignmenthelp.com.au Coupon Code EssaysEmpire.com Promo