0
Shares
काठमाडौं : खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ ।
मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् ।
मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको थियो ।
काठमाडौंमा रहेको नेपालको एकमात्र ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ मा जहाज उडान–अवतरण डिले हुँदै आएको छ । विभिन्न कारणहरुले उडान डिले हुँदा विभिन्न गन्तव्यमा पुग्नुपर्ने यात्रु र ती यात्रुलाई गन्तव्य पुर्याउने जिम्मा लिएका वायुसेवा कम्पनी मारमा परेका छन् ।