जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले आफ्नो दलले कसैको पक्ष वा विपक्षमा नभएको बताएका छन्।
जसपा अध्यक्ष ठाकुरले आफ्ना साथीहरू जेलमा रहेको र प्रदेशका मन्त्री र मेयरहरू तारेखमा बसेको भन्दै कैयौँ कार्यकर्तामाथि मुद्दा लगाइएको र यो संविधानमा भएका त्रुटिले गर्दा समस्या आएको बताए।
यो प्रस्तावको पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ,” उनले भने।मधेशी मोर्चाले आन्दोलन गर्दा कुरा सुनिएको भए अहिलेको अवस्था नआउने उनको तर्कहरू थियो।
संविधानमा गम्भीर त्रुटिहरू रहेको र अहिलेको व्यबस्थाले प्रधानमन्त्रीलाई कमजोर बनाएको उनको भनाइ थियो।
उनले आफ्ना कुराहरू सुनेर प्रधानमन्त्रीले १२० बटा मुद्दा फिर्ता लिइएको भन्दै आभार व्यक्त गरे। अरू नेताहरूले पनि आफ्ना पीडा सुन्ने गरेको तर कदम नचालेको उनले बताए। लोकतन्त्र आइसके पनि आफुहरू बिभेदबाट पीडित रहेकाले कसैलाई मत नदिने र तटस्थ बस्ने उनको भनाइ थियो।