सरकार गठनका लागि आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गरिनुपर्ने बताएका थिए।
धारा ७६ (२) अनुसार २ वा २भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ।
धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्न सक्ने अनुमानका बीच देऊवा र दाहालले त्यस्तो माग गरेको हुन सक्छ।
धारा ७६ (३) मा संयुक्त सरकार बन्न नसकेमा वा संयुक्त सरकारको प्रधानमन्त्रीले बीश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले संसदको ठुलो दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
सो व्यवस्थानुसार सरकार बन्ने अवस्था आयो भने संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको नेताको रूपमा फेरि ओली प्रधानमन्त्री नियुक्त हुन सक्नेछन्।
माथिका दुवै अवस्थामा बनेको सरकारले संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ।