ओमिक्रोनको लहर सहजै पार गरेको दक्षिण अफ्रिकाको दाबी – The kathmandu news

ओमिक्रोनको लहर सहजै पार गरेको दक्षिण अफ्रिकाको दाबी

एजेन्सी: दक्षिण अफ्रिकाले ठूलो क्षतिबिनै ओमिक्रोन भेरियन्टको लहर पार भएको बताएको छ।

द न्युयोर्क टाइम्सका अनुसार बिहीबार दक्षिण अफ्रिकाको सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाएको छ। अमेरिका र युरोपमा ओमिक्रोनले संक्रमण तीव्र रूपमा बढिरहेका बेला दक्षिण अफ्रिकाले आशालाग्दो तथ्यांक सार्वजनिक गरेको हो।

‘ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढ्यो, उच्च विन्दुमा पुग्यो र अहिले झरेर सुस्त भएको छ,’ दक्षिण अफ्रिका मेडिकल रिसर्च काउन्सिलका फारिद अब्दुल्लाहले भने,‘चार सातामा संक्रमण उच्च विन्दुमा पुग्यो र पछिल्ला दुई सातामा ओह्रालो लागेको छ। यो लहरभन्दा पनि अचानक आएको बाढीजस्तो थियो।’

गत नोभेम्बर अन्तिममा बोत्स्वाना र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको थियो। यो अवधिमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या थोरैले मात्र बढेको दक्षिण अफ्रिकाको भनाइ छ।

केही वैज्ञानिकहरूले दक्षिण अफ्रिकाको जस्तै ‘ट्रेन्ड’ अरू देशमा पनि देखिने बताएका छन्।

‘जनवरी हाम्रा लागि कठिन हुनेछ, त्यो बेलासम्म संक्रमित निकै बढ्नेछन् र त्यसपछि निकै छिटो घट्नेछन्,’ युनिभर्सिटी अफ वासिङ्टनका इपिडिमिओलोजिस्ट अली मोक्दादले भने। संक्रमितले अस्पताल भरिए पनि अस्पताल जानुपर्ने दर पहिलाभन्दा कम हुने उनको अपेक्षा छ।

Dissertationhomework.net Coupon Code essay assist discount code Essaywritinglab.co.uk Promo Code Rospher.com Promo code 2023