कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध – The kathmandu news

कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध

दोलखा: हिमपातका कारण जिल्लाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको छ । मंगलबार रातिबाट भएको हिमपातका कारण विद्युत् सेवा अवरुद्ध बनेको हो ।

विद्युत् सेवा ठप्प हुँदा नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकको मोबाइल सेवा पनि अवरुद्ध बनेको छ । टेलिफोन टावरमा विद्युत् सेवा सञ्चालन नभएकोले मोबाइल सेवा बन्द भएको नेपाल दूरसञ्चार प्राधिकरणका शाखा प्रमुख राजु गिरीले बताए ।

‘कालिञ्चोकमा विद्युत् सेवामा समस्या छ,’ उनले भने, ‘हाम्रो ब्याकअप ६र८ घण्टा धान्छ, विद्युत् आयो भने प्राविधिक पठाएर पुनः सेवा सञ्चालन गर्छौं ।’ हिमपातपछि कालिञ्चोकमा रहेको विद्युत् ट्रान्सफर्मर हिउँले पुरिएको छ । जसका कारण सेवा ठप्प भएको विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताए । ‘म आफैं कालिञ्चोक पुगेर निरीक्षण गरेर आएँ,’ उनले भने, ‘ट्रान्सफर्मर हिउँले पुरिएको छ, घाम नलागेसम्म विद्युत् सेवा दिन सक्दैनौं ।’ घाम लागेर हिउँ पग्लेपछि मात्रै सेवा सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘अहिले विद्युत् पठाए ट्रान्सफर्मर पड्केर झन् समस्या हुन्छ,’ उनले भने ।

विद्युत् अवरुद्ध भएपछि कालिञ्चोकका होटल व्यवसायीलाई जेनेरेटर चलाउन डिजेल र पेट्रोल किन्नको चटारो छ । अंग्रेजी नयाँ वर्षका लागि कोठा बुकिङ भइसकेकोले सेवा दिनका लागि धेरै व्यवसायी इन्धन लिन चरिकोट पुगेका व्यवसायी हरि ओली बताउँछन् । ‘निरन्तरको हिमपातपछि कालिञ्चोक हिउँले पुरिएको छ । जसका कारण थप पर्यटक आउने निश्चित छ । यसको तयारीमा हामी व्यवसायी छौं,’ उनले भने ।

३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको कालिञ्चोकमा केबलकार पनि जेनेरेटरबाट सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले भने कालिञ्चोक आउजाउ गर्दा सतर्कता अपनाउन भनेको छ ।आजको कान्तिपुर दैनिकबाट

2.25 discounts I thought I found a good writing service and I don't need to look for a another one to get help hire someone to take your online class EssayBot Promo Code, Coupons, Discount Codes and Review cheap reliable EssayBox Discount Code. BigAssignments Coupon Code Promo Codes Buy discount The Best Nursing Essay Writing Services Review for Flawless Experience paperhelp discount codes should a resume be double spaced Easy-Essay.org Coupon Code mymathlab org