
काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँडले संविधानमा भए बमोजिम नै निर्वाचन हुने बताएका हुन् ।
दलहरुको सहयोगमा निर्वाचन आयोगको सहकार्यमा सबै निर्वाचनहरु उपयुक्त समयमै हुने उनको भनाइ छ । गृहमन्त्री खाँडले एमसीसी कुनै सैन्य गठबन्धन नभई नेपालको भौतिक विकासका लागि भएको हुँदा दलहरुको सहमतिमै पास हुने पनि बताए ।