गोकर्ण, वराहक्षेत्रमा तीर्थ श्राद्ध गरिँदै – The kathmandu news

गोकर्ण, वराहक्षेत्रमा तीर्थ श्राद्ध गरिँदै

काठमाडौँ: आज पौष कृष्ण औँसी ! हरेक वर्ष पौष कृष्ण औँसीका दिन गरिने गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदैछ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

पितृलाई दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो। उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा रहेको नेपाल संस्कृत विद्ले बताउँछन् ।

आज काठमाडौंको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गममा रहेको बेत्रावती, बराहक्षेत्र, विष्णुपादुकालगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

 

Promo Codes Essay-911.com Discount PaperFellows.com Coupons 2023 34% SuperbEssay.com discount code EduZaurus Reviews WriteAnyPapers.com coupon code