अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ – The kathmandu news

अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं : सशस्त्र प्रहरी बल जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका-६ का १८ वर्षका निलकुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका-५ का सौहार्द राई छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।

विज्ञापनअनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेट्रीक डिभाईस’ प्रयोग गरी परीक्षार्थीहरूको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

Hireanerd.net Discount do my assignment for me NonPlagiarismGenerator.com coupon code