कारोनाबाट मर्नेको संख्या रौतहटमा २० पुग्यो

0 Shares

रौतहट – २७ बैशाख , आजको दिन कोरोनाबाट ४ जनाको रौतहटमा मृत्यु भएको छ यससँगै कोरोनाबाट मर्नेको संख्या २० पुगेकाे छ।आईतबार राति प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार गराइरहेको कटहरिया वडा न. ९ को ४८ बर्षिय पुरुषको मृत्यु भएको छ भने गौर अस्पतालमा अस्थायी कोभिड वार्डमा सर्लाही जिल्ला बलरा वडा नम्वर ३ की ५६ बर्षिय महिला, गौर न.पा ५ को ६२ बर्षिय पुरुष व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएका हुन् ।

  एउटै घरमा दुई जनाको कोरोनाबाट मृत्यु

  •  कोरोनाबाट संक्रमित भएर अस्थायी कोभिड वार्ड गौरमा उपचार गराइरहेकी गढीमाई नगरपालिका वडा न. ३ पर्सा टोलकी ५३ बर्षिया महिलाको अवस्था बिग्रिँदै जाँदा थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर रेफर गरएका थिए । कोरोना संक्रमित महिलालाई प्रादेशिक अस्पताल जनकपुर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको छ।५० बर्षिय देबरको गत २२ गते मृत्यु भएको र श्रीमान कोरोना पोजेटिभ रहेको छ । पाँच दिन भित्रै कोरोनाबाट एकै परिवारको दुई जनाको ज्यान गएको उनले बताए ।
    रौतहटमा कोरोनाबाट संक्रमित भई मृत्यु हुनेको संख्यामा रौतहटमा २० पुगेको छ । आईतवार सम्म रौतहट जिल्लाको विभिन्न अस्पताल र विरगंज स्थित विभिन्न अस्पताल गरेर १७ जनाको मृत्यु भइसकेका थिए । तर रौतहटको एक महिला सहित तिन जना र सर्लाहीको एक जना महिलाको कोरोनाबाट मृत्यु भएको छ

सम्बन्धित समाचार

सबै