दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी – The kathmandu news

दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी

एजेन्सी । हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ । तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् । आगलागीका अधिकांश घटनामा बिराला जिम्मेवार मानिएका छन् । पछिल्ला तीन वर्षमा भएका आगलागीमध्ये १०० भन्दाबढी आगलागीका घटना बिरालाका कारण भएका छन् ।

सीउल महानगरपालिकाको आगोलागी तथा विपद् विभागको तथ्यांकलाई हेर्ने हो भने पनि सन् २०१९ देखि यो वर्षको नोभेम्बरसम्म भएका आगालागीका घटनामा १०७ ओटा आगलागी बिरालोका कारण भएका छन् ।

बिरालोले विद्युतीय स्टोभमा स्वीच अठ्याइदिँदा अधिकांश आगलागीका घटना भएका हुन् । केही बटनहरु थिचेर बिरालोले विद्युतीय स्टोभ अन गरिदिने र त्यो तातेपछि घरेलु सामाग्रीमा आगो सल्किने गरेको हो ।

घर मालिक नभएका समयमा हुने यस्ता आगोलागीका कारण केही मानिस पनि घाईते भएका छन् ।

‘बिरालोका कारण हुने आगलागीका घटना बढेका छन्,’ विभागकी अधिकारी चोङ गोयो चुल भन्छिन्, ‘घरमा कोही नभएको बेला चौतर्फी आगो फैलन सक्ने भन्दै गृहणीलाई सावधानी दर्शाएका छौं ।’

स्टोभबाट पेपर टावेल हटाउन र वरपर कागजलगायत छिट्टै आगो सल्किने सामाग्री नराख्न स्थानीय प्रशासनले घरधनीलाई अनुरोध गर्दै आएको छ । घरेलु जनावरका कारण लाग्ने आगलागीका घटना राजधानी सीउलमा धेरै बढेका छन् ।

पछिल्ला तीन वर्षमा यस्ता आगलागीमा धेरै बृद्धि भएको छ । यो समस्या अमेरिकाम मात्र सीमित छैन् । अमेरिकन हुमन एसोसियसनका अनुसार अमेरिकामा हुने एक हजार आगलागीका घटनमा पाल्तु जनावर जिम्मेवार छन् ।

pay to do Mr Assignment Coupon Code BookWormLab.com discounts PayTheGeek.com Coupons 2023 SingaporeAssignmentHelp.com Discount Bid4Papers Reviews writemypapers org discount code Prowritingservice.com Promo code 2023 3 discounts I just want to let you know that I failed this test again! There is nearly no chance anymore to pass this course. Maybe you can change the situation. UnemployedProfessors Discout Code Coupon Code someone to write my resume for me LivePaperHelp Discount Promo Codes Up to 40% best essay promo code Bemoacademicconsulting.com Discount Code