गठबन्धन दलमा राष्ट्रिय सभाको भागबन्डा : कांग्रेस ६, माओवादी र समाजवादीलाई ५/५ सिट – The kathmandu news

गठबन्धन दलमा राष्ट्रिय सभाको भागबन्डा : कांग्रेस ६, माओवादी र समाजवादीलाई ५/५ सिट

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले संयुक्त उम्मेदवार बनाउने गरी बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले संयुक्त उमेदवार बनाउने निर्णय गरेको हो ।

सबैलाई पहिले जुन जुन पार्टीको खाली भएको छ त्यो ठाउँमा उनीहरुलाई नै दिने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । बाँकी ८ वटा थप सिटमा सत्तागठबन्धनका पाँच दलबीच भागबन्डा भएको छ ।

उनका अनुसार नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादी केन्द्रलाई एक, नेकपा एकीकृत समाजवादीलाई एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ ।

खाली हुने १९ सिटमध्ये आठ वटा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

writing an academic research paper Edit Aid Coupon Code my accounting professional essay writing service 25% Promo Code on Essay Bestcustompaper.com Discount GoDissertationHelp.co.uk Discount Code 2023 Academized Promo Code EssayShark.com discount code GEEditing.com Promo Ca.papersowl.com Promo code 2023