
काठमाडौं – काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।
दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ । यसमा सरोकारवालको ध्यान जान जरुरी छ ।