
काठमाडौं : आज (मंगलबार) देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज दिउँसो सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १मा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ।
आज राती सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि बुधबार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।