भारतीय प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

0 Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध झण्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ ।

उत्तर प्रदेश सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो ।

उनको खुट्टामा गोली लागेको भनी भारती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

र घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । यद्यपि उनीमाथि कसले गोली चलायो भनी यकिन भने भएको छैन ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस(वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् ।

 

सम्बन्धित समाचार

सबै