0
Shares
काठमाडौं । नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बन भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरका अनुसार पाण्डेलाई मंगलबार निलम्बन गरिएको हो ।
यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो ।
पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।