0
Shares
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२६० रुपैयाँमा कारोबार भइरहेको छ।