पोखराका विभिन्न स्थानबाट लागूऔषध सहित तीन जना पक्राउ

0 Shares

काठमाडौँ: गण्डकी प्रदेश स्थित कास्कीको पोखराबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानबाट तीन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

पोखराको हेमजाबाट १ जना र पोखरा-३० पावर हाउसबाट २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका -१ का आशिष अर्याल, पोखरा काहुँखोलाका अनिश खत्री र बागलुङ जिल्लाको बागलुङ नगरपालिका –८ का एक किशोर रहेका छन् ।

पक्राउ परेका आशिष अर्यालको साथबाट डाईजापाम-६५, फेनारगन-६८ र नुर्फिन -७३ एम्पुल बरामद भएको छ । त्यसैगरी अनिश खत्रीको साथबाट डाईजापाम -१५, फेनारगन -१५ एम्पुल र नुर्फिन-१५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बागलुङ जिल्ला, बागलुङ नगरपालिका -८ बस्ने १७ वर्षीय एक किशोरको साथबाट डाईजापाम-३२, फेनारगन -३२ र नुर्फिन-३२ एम्पुल बरामद भएको छ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसुरमा ५ दिनको म्याद गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाएको बताइएको छ ।

 

सम्बन्धित समाचार

सबै