राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने उच्चस्तरीय संयन्त्र बैठकको निर्णय – The kathmandu news

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने उच्चस्तरीय संयन्त्र बैठकको निर्णय

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । बैठकले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्ने निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनका साझा उम्मेदवारलाई जिताउन बैठकले अपील गरेको र ती उम्मेदवारलाई विजयी गराउन सातवटै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निर्णय भएको उनले बताए ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार चार दिने भारत भ्रमणमा जाँदैछन् ।

 

Uktopconsultant.co.uk Promo code 2023 20233 discounts of EvolutionWriters.com Affordablepapers.com Coupon Code Dissertationhouse.co.uk Discount australia essay writing service Pro-homework-help.com Coupon Code Buy discount CustomWritings.com Promo Codes GrabMyEssay Promo Code Website Promo Codes IBuyEssay.com site discount Discount Code paperhelp discount