काठमाडौँ: निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा प्रदेश २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन्। सबैभन्दा बढी धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका छन्।
निर्वाचनलाई लक्ष्य गरेर गत मंसिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली संकलन अभियानअन्तर्गत सो संख्यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको संख्या बढ्दै गएको छ। अहिले धनुषाको गाउँ–गाउँबाट सर्वसाधारण फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन प्रदेश निर्वाचन कार्यालय आउन थालेका छन्। गाउँ–गाउँबाट फोटो खिचाउन आउनेको संख्या ह्वातै बढेपछि प्रदेश निर्वाचन कार्यालयमा भीड बढ्दै गएको छ।
कार्यालयमा तीन÷चार वटा कम्प्युटरबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गर्दै आएको सूचना अधिकारी राउतको भनाइ छ। दैनिक ६०० देखि ७०० जनासम्म फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले जानकारी दिए।
२०७४ सालको निर्वाचनपछि लामो समयसम्म स्थानीय तहमा मतदाता नामावली संकलन अभियान सञ्चालन गर्न नसकेको, कोभिड– १९ संकमणको त्रास, विदेशबाट युवाहरु फर्किने क्रम बढेको तथा स्थानीय तहको निर्वाचन नजिकिएकोलगायत कारणले मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको संख्या बढेको उनको भनाइ छ।
यसका साथै फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन छुट भएका सर्वसाधारणलाई स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट पठाउने गरेका छन्।
मतदाता नामावली नाम दत्र्ता नभए आगामी निर्वाचनमा मत खसाल्न नपाइने र आफ्नो पक्षको मतदाता घट्नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि गाउँ–गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन पठाउने गरेको प्रमुख झाको भनाइ छ।