नारायणहिटी दरबार परिसरभित्रका व्यापारिक संरचना सदाका लागि हटाएरै छोड्छु : पर्यटनमन्त्री आले – The kathmandu news

नारायणहिटी दरबार परिसरभित्रका व्यापारिक संरचना सदाका लागि हटाएरै छोड्छु : पर्यटनमन्त्री आले

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायाणहिटी दरबारभित्र रेष्टुरेन्ट नबन्ने बताएका छन् । बिहीबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् ।

“नारायणहिटीभित्र बन्ने भनिएको रेष्टुरेन्ट एक दुई दिनका लागि रोकिएको होइन,” उनले भने,“त्यहाँ रेष्टुरेन्ट बन्दैन ।”

यसअघि नारायाणहिटीभित्र बतास कम्पनीले रेष्टुरेन्ट बनाउने भनिएको थियो । तर, यसलाई मन्त्री आलेले रोकेका थिए ।

मन्त्री आलेले भने,“म जनसेवा गर्नेगरी राजनीतिमा आएको हुँ । मेरो मन्त्रालयभित्र जति पनि विकृति विसंगतिहरु छन्, त्यसलाई हटाउन लागिपर्ने छु ।”

Dissertationhomework.net Coupon Code SpeechPublic.com site discount masterpapers promo code WriteMyEssay4Me Discout Code Buy-custom-essays-online.com Discount write research paper help with essay writing free Buy Your Promocode Here