
काठमाडौं। नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को एकैपटक सरुवा भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गरेका हुन्।
२६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन्। महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका बसन्तबहादुर कुँवरलाई दिइएको छ। हाल त्यहाँ रहेका चन्द्रकुवेर खापुङको अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ।
प्रवक्ता कुँवरको ठाउँमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत बिष्णुकुमार केसीलाई तानिएको छ। यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी उमेशराज जोशीलाई दिइएको छ।
यसअघि त्यहाँ रहेका जनक भट्टराईलाई संघीय प्रहरी प्रदेश कार्यालय भैरहवा पठाईएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत भिमप्रसाद ढकाललाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा गरिएको छ।