
एजेन्सी: हामी माझ नयाँ बर्ष सन् २०२२ सुरु भइसकेको छ । नयाँ बर्षसँगै मानिसमा उल्लाहास साथै त्राससँगै शुरु भएको छ । किन भने विश्वमा फेरि ओमिक्रोनको त्रास फैलिलरहेको छ ।
भारतमा पनि पछिल्लो समयमा ओमिक्रोन फैलिरहेको छ । त्यसैले भारतको राजधानि शहर नयाँ दिल्लीमा बेलुका कफ्यू जारी गरीरहेको छ । त्यसैले भारतमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि त्रास दिनप्रतिदिन बढ्दै छ ।
यद्यपी नयाँ वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन् ।
यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् ।केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको घोषणा गरेका थिए ।
त्यहीकारण अभिनेत्रीले हालका दिनमा फिल्मको कामबाट छुट्टी लिइसकेकी छन् ।कमेडी स्टार भारती सिंह पनि गर्भवती छिन् । उनले आगामी अप्रिलमा पहिलो सन्तानलाई जन्म दिँदैछिन् ।
टेलिभिजन अभिनेत्री पूजा बनर्जीको आमा बन्ने तयारी छ । हालैमात्र उनले आफ्नो बेबी बम्प सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।