
काठमाडौं । आज (शनिबार) बिहान १०:३० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताएका छन् ।
शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।
यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए ।