सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द – The kathmandu news

सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द

दाङ । तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमणदेखिएपछि विद्यालय बन्द हुने भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए ।

तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् । कोरोनाको संक्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन् । तुलसीपुरमा बिहिबारसम्म ८४ जनामा कोरोना पुष्टि भएको छ ।

Customdissertationhelp.com Promo Code ProEssayWriting Reviews college paper service essay help online