0
Shares
काठमाडौं : सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताएका छन् । शनिवार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले सो कुरा गरेका हुन् ।
ष्mबनभक
उनले राजनीतिक सहमतिका आधारमा संसदको समस्या समाधान हुने बताए । जनताको मतले नै आफूले सभामुखको जिम्मेवारी पाएको बताउदै उनले यो विश्वास र भरोसालाई धोका नदिने बताए ।
उनले भने -‘तपाईहरूको मतले आज म सभामुखको जिम्मेवारी पाएको छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ । ‘