प्रधानमन्त्री देउवा र ओलीबीच एमसीसी र संसदको गतिरोधबारे छलफल

0 Shares

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन भनेर शनिबार बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा निराश भएर फर्किएका छन् । संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव लिएर गएका उनलाई सकारात्मक जवाफ नदिएपछि उनी निराश भएर फर्किएका हुन् ।

बिहीबार बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

भेटमा देउवाको प्रस्ताव सुनिसकेपछि ओलीले जे कारणले आफूहरूले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन नभएको भन्दै अवरोध यथावत् रहने बताएका थिए।

एमसीसीबारे पनि सत्तापक्षले नै औपचारिक रूपमा केही निर्णय नगरेकाले आफू बोल्नुपर्ने औचित्य नभएको भन्दै उनले देउवालाई रित्तो हात फर्काएको खबर छ।

सम्बन्धित समाचार

सबै