कमल थापाले रोके राष्ट्रिय एकता अभियान – The kathmandu news

कमल थापाले रोके राष्ट्रिय एकता अभियान

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले तत्काललाई ‘राष्ट्रिय एकता अभियान’ रोकेका छन्।

मंसिरको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै अलग्गै गतिविधि अघि बढाएका थापाले कोरोनाको तेस्रो लहरलाई ख्याल गर्दै यो अभियान रोकेको बताएका छन्।

थापाले कोरोना महामारी अहिले तीव्र गतिमा अघि बढ्न लागेका कारण यही पुस २७ गते गर्न लागिएको उक्त अभियान शुभारम्भ कार्यक्रम रोक्नुपरेको बताएका छन्।

राप्रपाका केही पदाधिकारी र सदस्यहरुले समेत पार्टीमा नकारात्मक सन्देश जान सक्ने सुझाव दिएकाले तत्काललाई यो अभियान पछि सारिएको उनले बताएका छन्।

‘पुस २७ शुरुगर्न लागिएको ‘राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको छ’, उनले भनेका छन्, ‘अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत यो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ।’

DoMyHomework123.com Reviews custom writing promo code Prodissertation.co.uk Coupon Code Assignmentdone.co.uk Discount Code Customdissertationwritingservice.co.uk Promo Code Buy Your Promocode Here EssayHub Discount code SuperbPaper Promo Code, Coupons, Discount Codes and Review EssayShark Promo Code EditAid.co.uk Discount Code