0
Shares
एजेन्सी। काजकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तीमा १६४ व्यक्तिको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढीलाई हिरासतमा राखिएको छ । काजकिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टीभी स्टेसन खबर-२४ ले प्रकाशित गरेको रिपोर्टमा मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख गरिएको छ ।
कजाकस्तानको सरकारी सञ्चार माध्यमका अनुसार कजाकस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशंकामा अहिलेसम्म कम्तीमा ५ हजार १ सय ३५ व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
इन्धनको मूल्यमा भएको ठूलो वृद्धिले कजाकहरू क्रुद्ध भएका छन् । कजाकस्तान तेल र प्राकृतिक ग्यासको निर्यातकर्ता हो । मध्य एसियाली देशमा विरोध प्रदर्शनले सरकारको राजीनामा र रुसका सैनिक परिचालनसहित सङ्कटकालको घोषणा गरेको छ ।