पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्ने

0 Shares

काठमाडौँ: पृथ्वी जयन्तीका अवसरमा मंगलबार पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन् ।

पहिलो पटक सिंहदरबारको मूल गेटअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्न लागेका हुन् । पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार मंगलबार मध्यान्ह साढे १२ बजे पूर्वराजा सिंहदरबार अगाडि पुग्ने कार्यक्रम रहेको छ ।

भोलि पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती मनाइँदै छ ।

 

सम्बन्धित समाचार

सबै