भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति नेकपा ‘एस’को आपत्ति

0 Shares

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले भारतले नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा सडक विस्तार गर्न लागेकोप्रति आपत्ति जनाएका छन् । नेता खनालले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा सडक विस्तारको कामलाई रोक्न माग पनि गरेका छन् ।

नेपाल सरकारको सहमतिबिना लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा विकास निर्माणका काम हुनु अवैधानिक भएको खनालको भनाई छ ।

उनले यस बिषयलाई लिएर नेपाल सरकारले पनि उपयुक्त कदम चाल्न आग्रह गरेका छन् । यस्तै नेपालको भूभागमा बाटो विस्तार गर्न लागेकोप्रति विप्लव समूहले पनि आपत्ति जनाइसकेको छ ।

 

सम्बन्धित समाचार

सबै