काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको संखुवासभा जिल्लाको छैटौं अधिवेशन उद्घाटन गर्नुभएको छ ।
अध्यक्ष ओलीका साथमा पार्टीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय राजेन्द्र गौतम र डा। शिवमाया तुम्बाहाम्फे, पोलिट्ब्युरो सदस्य परशु मेघी गुरुङ, केन्द्रीय कमिटी सदस्य सुनिता बराल, दुर्गा प्रसाईलगायत को सहभागिता रहेको थियो ।
जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले आफूलाई बामपन्थी भन्लै प्रतिक्रियावादीहरुको खेममा अलमल नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।
उनले भने, प्रचण्ड र माधब ‘बामपन्थी खोल ओडेर अलमल परे । एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती प्रगति चाहाने, समामाजिक न्याय र समानता दिलने पार्टी हो । बामपन्थी खोल ओडेर प्रक्रियावदी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिाणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’
विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र, कांग्रेस लगायत पार्टीपरित्याग गरि एमाले बुझेर नै प्रवेश गरेको बताए ।
उनले एमाले प्रवेश गरेपनि कहिलेपनि कुनै पश्ताचाप नहुने पनि बताए । एमालेको कार्यकर्ता हुनु गौरवको विषय भएको ओलीको भनाई छ ।