अब गुण्डा राज चलाउछु भनेर कसैले नसोचे पनि हुन्छ : एसएसपी पोखरेल – The kathmandu news

अब गुण्डा राज चलाउछु भनेर कसैले नसोचे पनि हुन्छ : एसएसपी पोखरेल

काठमाडौँ : ललितपुर प्रहरी परिसर प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) यज्ञ बिनोद पोखरेलले ललितपुरमा अब गुण्डाको राज नचल्ने बताएका छन।

सुनौलो नेपालसँग कुराकानी गर्दै एसएसपी पोखरेलले शान्ति सुरक्षा र सुशासन कायम राख्नका लागी दादागिरी गर्दै हिड्ने गुण्डालाई तह लगाउने बताएका हुन्। उनले भने यदि कसैसंग कसैले पैसा माग्न आउछ भने जतिबेला सुकै मलाई सिधै ९८५१२२५५५५ फोन गर्नुस् अब गुण्डा राज चलाउछु भनेर कसैले कल्पना नै नगरे हुन्छ।

डेढ महिना अगाडी मात्रै ललितपुर आएका पोखरेलले ललितपुरका विभिन्न समयमा मुर्ति चोरी गर्ने गिरोहलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन सफल भएका थिए ।

पुरातात्त्विक महत्त्व बोकेका मुर्ति रातीको समयमा चोरी हुने गरेकोमा पोखरेलको आगमनसँगै उच्च सुरक्षा ब्यबस्थापनमा अन्य चोरीका घटनामा समेत कमि आएको छ ।

अब्बल प्रहरी अफिसरको रुपमा चिनिने पोखरेलले विभिन्न जिल्लाको नेतृत्व गरिसकेका छन्।

RushMyEssay.com discounts MyAdmissionsEssay Discount code Quick Assignment Help Coupon Codes AssignmentDesk.co.uk coupon code type my essay for me EvolutionWriters Discout Code UKEssays Promo code