काठमाडौँ: नेकपा एमालेको ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आईपुग्दा ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएका हुन् ।
जिल्ला अधिवेशनबाट प्राय नयाँ अनुहारहरु नेतृत्वमा आएका छन् । साथै पछिल्लो समय सिरहामा विन्देश्वर मण्डल सर्वसम्मत र ताप्लेजुङमा भुपेन्द्र थेवे निर्वाचन प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
आज नयाँ नेतृत्व चयनका लागि जाजरकोट, दैलेख र कास्की लगाएतका जिल्लामा मतदान हुँदैछ भने चितवन र सिन्धुपाल्चोक जिल्लाको अधिवेशन उद्घाटन भएर बन्दसत्र सुरु भएको छैन ।
५२ जिल्ला अध्यक्षमा निर्वाचित हुनेहरु
प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३.खोटाङ – रामप्रसाद दंगाल
४.धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर – शरणकुमार राई
८. इलाम-महेश बस्नेत
९. सोलुखुम्बु-डुफकुमार बास्तोला
१०. उदयपुर-प्रमेश्वर घिमिरे
११.ओखलढुंगा-शंकर कटुवाल
१२. ताप्लेजुङ-भुपेन्द्रबहादुर थेबे
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा- बिन्देश्वर मण्डल
वागमती
१. धादिङ -भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक -अशोक ब्यान्जु
३. भक्तपुर -बचन देउजा
४. रसुवा -कर्णेल तामाङ
५. रामेछाप -आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट- बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली-कुमारबहादुर कार्की
११. दोलखा- नरबहादुर श्रेष्ठ
गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी-देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ- हिराबहादुर केसी
६. पर्वत -राजु पौडेल
७. नवलपुर – मुक्ती पाण्डे
लुम्बिनी
१ . पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९ . नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)
१०. प्युठान- बिजयविराज विष्ट
कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम-नन्दराम देवकोटा
सुदूरपश्चिम
१ . डडेल्धुरा – प्रकाश साउद
२ . बैतडी-सुरेन्द्र पाल
३. डोटी-चक्र मल्ल
४ . कैलाली – रतन थापा
गैर-भौगोलिक जिल्ला
१. मजदूर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल