
काठमाडौँ: नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक शेषनारायण दाहालले राजीनामा दिएका छन्।
नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालनसम्बन्धी विवादमा मुछिएपछि दाहालले राजीनामा दिएका हुन् । स्रोतका अनुसार मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई जग्गा ठेक्कामा दिएको विषयमा बनेको छानबिन समितिले कार्यकारी निर्देशक दाहाल दोषी रहेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।