भारतमा कोरोना संक्रमण तिव्र, एकै दिन १ लाख ९४ हजार संक्रमित – The kathmandu news

भारतमा कोरोना संक्रमण तिव्र, एकै दिन १ लाख ९४ हजार संक्रमित

एजेन्सी । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।

Essayhero.co.uk Discount Code WOWEssays.com Coupons 2023 Custom-writings.net Coupon Code 6DollarEssay Discount Code 2023 MasterThesisWriting Discount Promo Codes Up to 40% PrivateWriting Discount Promo Codes Up to 40% mymath org MyMathGenius Promo Code, Coupons, Discount Codes and Review Oxbridgedissertationhelp.co.uk Discount Code SpeedyPaper Review 2023: A Reliable Writing Company RushMyEssay.com discounts