आज सुनचाँदीको मूल्यमा सामान्य वुद्धि

0 Shares

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य सामान्य बढेको छ। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पाँच रुपैयाँले बढेर प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार

सबै