घर बाहिर निस्कँदा र गाडीमा चढ्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने – The kathmandu news

घर बाहिर निस्कँदा र गाडीमा चढ्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने

काठमाडौँ: कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा कडाई गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरको प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको बैठकले कोरोना रोकथामको लागि भन्दै जारी गरेको १८ बुँदे आदेश आजदेखि लागु भएको छ ।

कोरोनाको सम्भावित तेस्रो लहर रोक्न उक्त बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको थियो । बैठकले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश अनुसार घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा र गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ । यस्तै सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क नलगाएका यात्रुलाई चढाउन नपाइने बताइएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक कार्य गर्दा भौतिक दूरी कायम गर्न साथै स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरिएको छ । यस्तै २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम गर्न, राजनीतिक भेला र मेला महोत्सव गर्न रोक लगाइएको छ ।

सार्वजनिक स्थान जस्तै होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने प्रशासनले जारी आदेशमा बताएको छ ।

Top 20 Discount Coupons BlaBlaWriting Discount Promo Codes Up to 40% Myhomeworkdone.com Promo code 2023 MarvelousEssays.org Coupon EssayLab.com Discount Promo Codes Up to 40%